gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा कोरोनाको बहानामा तेब्बर भाडा लिदै सवारीधनी

सन्तोष महतारा , असोज १२ / गुल्मी विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विश्व अक्रान्त बनेको छ । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर सबैलाई छ । लामो समयको बन्दाबन्दीपछि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न थालेका छन् । कोरोना भाइरसको बहाना बनाएर गुल्मीमा यात्रुबाट मनपरी भाडा असुली गरिएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट गाउँ जाने गुल्मी यातायात सहितका सवारीसाधनले दोब्बर भाडा उठाइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

सदरमुकाम तम्घासबाट छापहिलेसम्मको भाडा २ सय ४५ हो । गत वर्षको भाद्र १० गते जिल्ला प्रशासन कार्यालयले तोकेको भाडा अझैसमम लागु भएको छैन । अहिले भाडा ६ सय तिर्नुपर्ने बाध्यता रहेको छ । छापहिलेबाट तम्घास आएकी रिता बिकले ६ सय भाडा तिरेको बताइन् । कोरोनाका कारणले ५० प्रतिशत भाडा बढेपनि ३ सय ६८ रुपैयाँ भाडा हुन पुग्छ । छापहिले सम्म जाने सवारीसाधनले तेब्बर भाडा लिइरहेका छन् । 

जिल्लाको इस्मा गाउँपालिकाको छल्दी टाराबाट सदरमुकाम तम्घास आएका होमनाथ मरासिनीले एक सय रुपैया भाडा तिरेको बताए । छल्दीटारा सम्मको भाडा ३५ रुपैयाँ मात्रै हो । कोरोनाका कारण ५० प्रतिशत भाडा बढेपनि छल्दीटारा सम्मको भाडा ५२ रुपैयाँ हुन पुग्छ । तर सवारीधनिले दोब्बर भाडा लिइरहेका छन् ।

सदरमुकाम तम्घासबाट- सेउघा- छल्दी- सिमलटारी तथा छल्दी – मुसिकोट सडकखण्डमा चल्ने सवारीसाधनले यात्रु पनि दोब्बर बोकिरहेका छन् । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दे ५० प्रतिशत मात्रै यात्रु बोक्नुपर्नेमा सवारीधनीहरुले मनपरी गरेको पाइएको छ ।

गुल्मीको सदरमुकाम तम्घासबाट छापहिले हुदै दर्लिङ्ग पुग्ने सवारीले ६ सय भाडा लिएको  छ । तम्घासबाट छापहिले हुदै दर्लिङ्ग गएको ६ सय  भाडा  तिरेको मालिका गाउँपालिका २ दर्लिङ्गकी राधिका घर्तीले जानकारी दिइन् । तम्घासबाट छुट्ने सवारीसाधनले १६ जना बोक्नपर्नेमा २१ जना बोकिरहेका छन् । भने ६ जना बोक्नुपर्ने सवारीसाधनले ९ जना बोकिरहेका छन् । गुल्मी यातायात अन्र्तगतबाट चल्ने बसहरु र केही जीपहरुले दोब्बर यात्रुहरु बोकिरहेको र भाडा पनि दोब्बर तेब्बर सम्म लिइरहेको यात्रु सरिता कुमालले गुनासो गरिन् ।  इस्मा गाउँपालिका २ की सरिता कुमालले रातडाँडाबाट बसमा तम्घास आएको १ सय ५० भाडा तिरिन् । यो भाडा तोकिएको भाडा भन्दा करिब तेब्बर नै हो ।

छल्दीबाट तम्घास आएकी रितु परियारले पनि  १सय भाडा तिरिन् । उनी बसमा आएकी थिइन् । छल्दीसम्म कोरोनाका कारणले बढेको भाडा ५२ रुपैयाँ मात्रै हो । जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सारबाट तम्घास आएकी वाग्लुङ्गकी हिरा राना मगरले ७ सय भाडा तिरिन् ।  पहिरो गएको कारण भन्दै सवारीधनीले दोब्बर भाडा लिएको रानाले गुनासो गरिन् । इस्मा गाउापालिका ५ दोबाटाबाट तम्घास आएका कृष्ण बहादुर वस्नेतले ५ सय भाडा तिरे । बर्षायामको समय भन्दै महङ्गो भाडा लिएको उनको भनाई छ । कोरोनाका कारण बढेको रकमसहितको भाडा जम्मा २ सय ५० हो ।  उनीसँगबाट सवारीधनीले दोब्बर भाडा लिएका छन् । कुनै सवारीसाधनमा यात्रा गर्ने यात्रुले त मास्क समेत पनि प्रयोग गरेका छैनन् । यात्रा गर्दा यात्रुको पनि लापरबाही रहेको सवारीधनी  ओम बहादुर क्षेत्रीले जानकारी दिए । उनले आफ्नो वसमा ५० प्रतिशत भाडा सहित दोब्बर यात्रु बोकेका छन् । यात्रुको बाध्यताले दोब्बर बोक्नपर्ने बाध्यता रहेको उनको भनाई छ ।

धुर्कोट गाउँपालिकाको वडा नम्बर ४  जैसिथोकका कृष्ण कुवँरले आफ्नो बाध्यताले गाडीमा यात्रा गर्नुपरेको बताए । कोरोना भाइरसको त्रास हुदाँहुदै पनि गाउँमा जाने सवारी एउटा मात्रै भएकोले सबै यात्रु एउटै सवारीमा मिलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

यसरी सवारीसाधनले मनपरी भाडा लिन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले अनुगमनलाई प्राथामिकता दिदैं गएको छ । कोरोनाको कारणले बढेको भन्दै ५० प्रतिशत बढी भाडा लिने र यात्रु भने पहिलाको जस्तै गरी दोब्बर बोकेर हिड्ने गरेको पाइएपछि अनुगमनलाई प्राथामिकता दिदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।

ट्राफिक प्रहरीको जनशक्ति पनि कम भएको र जिल्ला भौगोलिक क्षेत्रफल नमिलेका कारण आफुहरुलाई अनुगमनमा समस्या हुने गरेको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।

सवारीसाधन कम यात्रु बढी भएको कारण जोखिम बढी भएको र जरिवाना तिराएर मात्रै नहुने भन्दै फरक तरिका बाट कार्वाही गरिन र नयाँ कार्यक्रम ल्याएर जनचेतना जगाउने प्रहरी सहायक निरिक्षक पाण्डेको भनाई छ ।आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले गरेको अनुगमनका तेब्बर भाडा लिइएको पाइएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D