gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा कृषकको उत्पादनले बजार नपाउदा समस्यामा

अनिल खत्री
८ जेठ, गुल्मी । कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुले बजार नपाउदा समस्यामा परेका छन् । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन चलेको लक डाउनले गर्दा गुल्मीमा कृषले उत्पादन गरेका टमाटर बन्दा लगायतका कृषि जन्य बस्तुले बजार नपाउदा कृषकहरु चिन्ति बनेका छन् ।

लामो समयदेखि चलिरहेको लक डाउनले गर्दा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ का कृषक झबि पाण्डेयले उत्पादन गरेको टमाटर र बन्दा गोपीले बजार नपाउदा चिन्ति बनेका छन् । बजारमा मानिसहरुको चलहलपहल नहुनले कृषकका उत्पादनले बजार पाएका छैनन् ।

धेरै जसो कृषकहरु बजारमा बेच्नको निम्ति तयारी अबस्थामा रहेका टमाटर, बन्दागोपी, काक्राहरुले बजार नपाउदा कृषक चिन्ति बनेका छन् । कृषक पाण्डेले १५ कुन्टल टमार र १० कुन्टल बन्दागोपी बेच्नको निम्ति तयारी अबस्थामा रहेको छ ।

गाउँमा केहि मात्रामा बिक्री भएपनि धेरै बेच्नको लागि समस्या परेको कृषक पाण्डेयले बताए । सामाजिक संजालमा खुल्ला जमिनमा टमाटर खेती गरेको देखेर सिकेका पाण्डेले अत्याधिक वर्षातले केहि टमाटरमा क्षती पुराएको कृषक पाण्डेयको भनाई छ ।

टमाटर, बन्दा, काक्राबाट ५ लाख आम्दानी गर्ने सोच रहेको कृषक पाण्डेयले बताए । पाण्डेयले गाउँकै एकजना चुराबहादुर कुँवरलाई साथमा लिएर जग्गा भाडामा लिएर कृषि पेसालाई अंगालेका छन् । वढ्दो बिदेशमुसी मोहलाई स्वदेश्मै केहि गरौ गरे के सफल हुँदैनन् भन्ने सन्देश दिन अघिल्लो वर्षबाट कृषि पेसालाई अंगाल्दै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D