gulminews logo
सोमबार, २०८१ बैशाख २४

गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु

अनिल खत्री
१२ असोज, गुल्मी । गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कालि गण्डकीगाउँपालिका वडा नम्बर ६ तल्लो कोरेङ्ग निवासी ६४ वर्षिय दुर्गादत्त ढकालको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालग गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

ढकाललाई सोहि निवासी ४५ वर्षि टोपबहादुर सार्कीले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । शनिवार साझ दुइजना बिच एक आपसमा झगडा हुँदा ढकाललाई सार्कीले कुटपिट घाइते बनाएका थिए ।

घाइते ढकाललाई स्थानीय स्वस्थ्य चौकीमा उपचारमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या गर्ने सार्कीलाई गएराती १ बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको कारण पुरानो रिसी भएको भन्ने खुल्नमा आएको र अन्य कारण थप अनुसन्धान पछि मात्रै खुल्ने प्रहरी नायव उपरिक्षक नयव उपरिक्षक घलेले बताए । नियन्त्रणमा लिएका सार्कीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइदैँछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D