gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

गुल्मीमा किरियापुत्री पनि मतदानमा सहभागी

बुटवल, बैशाख ३० । गुल्मीको कालीगण्डकी गाउपालिका- ४ गुल्मी पुर्तिघाटमा पितृकार्यमा किरिया बसेका किरियापुत्रीहरू पनि स्थानीय तह निर्वाचनको मतदानमा सहभागी भएका छन्। बुवाको किरिया गरिरहेका किरियापुत्रीहरूले पुर्तिघाटस्थित जीवनोद्धार मा.वि को मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदान गरेका मध्ये एक जना किरियापुत्री स्वयम् वडा सदस्यका उम्मेदवार पनि हुन्। काइँलो भाइ राजेशकुमार श्रेष्ठ कालीगण्डकी गाउँपालिका- ४ पुर्तिघाटका नेकपा एमालेबाट खुला वडा सदस्यका उम्मेदवार हुन्।

एमाले लुम्बिनी प्रदेशका जेष्ठ नागरिक सदस्य तथा स्थानीय नेता भगवतीप्रसाद श्रेष्ठको निधनपछि किरिया बसिरहेका काइँला छोरा राजेश आफैं उम्मेदवार भएपछि मतदानमा सहभागी भएको उनीहरूले बताएका छन्।

श्रेष्ठ २०४६ सालदेखि अनेरास्ववियूबाट राजनीतिमा होमिएका हुन्। उनी अहिले एमालेबाट खुला वडा सदस्यको उम्मेदवार बनेका हुन्।

कालीगण्डकी गाँउपालिकामा एमाले र माओवादीको गठबन्धन भएको छ। एमाले-माओवादी गठबन्धनबाट अध्यक्षमा रामजी ढकालको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा माओवादीकी मञ्जु दर्लामी उम्मेदवार छिन्।

त्यस्तै कालीगण्डकीमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच पनि गठबन्धन छ। कांग्रेसबाट अध्यक्ष उम्मेदवार बेदबहादुर थापा छन् भने उपाध्यक्षमा जनमोर्चाबाट तारा थापाले उम्मेदवारी दिएकी छिन् । गाउँपालिकामा १५ हजार २७९ जना मतदाता रहेका छन्। उकेरा डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D