gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा कारोना संक्रमित घटदै, ५ जना मात्रै आइसोलेशनमा

अनिल खत्री
२१ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमित संखया घटदै गएको छ । जिल्लामा ५ जना मात्रै उपचारमा रहेका छन् । जिल्लामा कुल संक्रमित ३ सय ६७ मध्ये ३ सय ५९ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना मुक्त भएर घर फर्किनेहरुमा ३ सय जना पुरुष र ५९ जना महिला रहेका छन् । कोरोना संक्रमितमध्ये आइशुलेसनमा रहेकाहरुमा गुल्मीदरवार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आशुलेशनमा राखेर घर पठाउन पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइशुलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रावधान बनाइएको छ ।

संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट २ हजार ४ सय १६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा १७ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D