gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा करदाता सेवा कार्यालय

सन्तोष महतारा
गुल्मी,१४ साउन । गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग अन्र्तगत गुल्मीमा यो कार्यालय स्थापना भएको करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ ।

“यस कार्यालय मार्फत कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन,व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्वन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु यस कार्यालय मार्फत बुधबार नै सुरु भएका छन् ।” करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत विनोद कुमार माझीले भने ।

पाल्पामा हुने कर सम्बन्धि सम्पूर्ण कामहरु यस कार्यालयबाट नै हुने कार्यालयले जनाएको छ । कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउने उद्देश्यले गुल्मीमा करदाता सेवा कार्यालय खुलेको हो । अब जिल्लाभित्रका सेवाग्राहीलाइ सहज हुने छ ।

अबदेखी आय व्यय विरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजी लगायतका कर सम्बन्धि कार्यका लागि पाल्पाको तानसेन जानुपर्ने बाध्यता हटेको छ ।

गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना हुनाले सिङ्गो गुल्मेलीहरुमा खुसी थपिएको र व्यवसायीहरुलाई सहज हुनाले व्यवसाय गर्न चाहानेको मनोबल बढेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । “तिर्ने राजस्व भन्दा जाँदाआउँदाको भाडा बढी लाग्नाले गुल्मेलीलाई मार पुगेको थियो । सामान्य प्रकारको राजस्व तिर्न पनि पाल्पा धाउनुपर्ने वाध्यताले व्यवसायी वाक्क परेका थिए । करदाता सेवा कार्यालय तम्घास मै आउनाले व्यवसायी साथै गुल्मेलीहरुमा खुसी थपिएको छ ।” गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले भने ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण भएको लकडाउनले तिर्नं नपाएको करपनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउँदा व्यवसायीहरु हर्षित बनेको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । करदाता सेवा कार्यालय गुल्मीमा कर सम्वन्धि सबै प्रकारका सेवाहरु प्रदान गरिने छ । अहिलेसम्म सामान्य प्रकारको कर तिर्न पनि गुल्मेलीहरु पाल्पाको तानसेन जानुपर्ने थियो । अब यो वाध्यता हटेको छ ।

करदाता सेवा कार्यालय जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका १ क्याम्पसरोडमा रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D