gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा एम्बुलेन्समै कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्‍यु हुनेको संख्या १६ पुग्यो

हुमाकान्त पोखरेल
तम्घास, २५ वैशाख । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको परिसरभित्र एम्बुलेन्समा मृत्यु भएको एम्बुलेन्स चालक तथा छिमेकी यज्ञकुमार ज्ञवालीले बताउनुभयो । मृतक लामो समयदेखी दीर्घरोगी अन्तरगत दमको औषधी सेवन गर्नुहुन्थ्यो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेपछि बिहिबार गराइएको एन्टिजेन्ट परीक्षणमा पोजेटिभ आएको थियो । शनिबार रोगले अत्याधिक च्यापेपछि उनलाई अक्सिजनसहित तम्घास अस्पताल ल्याइएको थियो । तर तम्घास अस्पतालमा आधा घण्टासम्म राख्दा पनि शैया अभावका कारण जाचँ गर्न नसक्दा बिरामीको मृत्यु भएको ज्ञवालीले बताउनुभयो । अस्पतालमा गएर आकस्मिक कक्षमा सम्पर्क गर्दा पनि चिकित्सक नआएपछि एम्बुलेन्समै बिरामीको मृत्यु भएको ज्ञवालीको भनाई छ ।

तम्घास अस्पताल, गुल्मीका प्रमुख डाक्टर उत्तम पच्याले अस्पताल आउदाबित्तिकै बिरामीको ज्यान गएकोले बिरामीलाई स्वास्थ्यकर्मीले भेट्न पनि नपाएको बताउनुभयो । अहिले अस्पतालका कोभिड र आकस्मिक तर्फका सबै शैया भरिएको उहाँको भनाई छ । कोरोना संक्रमितको लागि बनाएका पाँच र आकस्मिक तर्फका तीनओटा शैया भरिएकोले थप बिरामी आए उपचारमा समस्या पर्ने डाक्टर पच्याले बताउनुभयो । गुल्मीमा हालसम्म दोस्रो चरणको कोरोनाबाट १६ जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D