गुल्मीमा एमाले नेता विश्वकर्मा एकीकृत समाजवादीमा

हुमाकान्त पोखरेल
गुल्मी, १९ माघ । नेकपा एमालेका नेता गणेश विश्वकर्मा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । विद्यार्थी राजनीतिबाट नै माले हुँदै एमालेमा सक्रिय विश्वकर्माले एकीकृत समाजवादीको केन्द्रिय सदस्यको जिम्मेवारी प्राप्त गर्दैछन् । विश्वकर्मालाई केन्द्रिय सदस्य बनाउनको लागि जिल्ला कमिटीबाट सिफारिस गरेको र केन्द्रले छिट्टै निर्णय गर्ने नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।

विश्वकर्मा गुल्मीमा दलित अधिकारकर्मीको रुपमा पनि सक्रिय थिए । नेता विश्वकर्मा ०३६ सालदेखि अनेरास्ववियुमा सक्रिय थिए । ०३७ देखि ४१ सम्म पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट दुई कार्यकाल स्ववियु सचिव भएका विश्वकर्मा ०४६÷४७ को आन्दोलनमा पनि सक्रिय थिए । ०४९ मा नेकपा एमालेको संगठिन सदस्य प्राप्त गरेका उनी सोही बर्षमै साविक अर्खले गाविसमा उपाध्यक्षको पदमा निर्वाचनमा होमिएका थिए । साथै ०५४ सालमा जिल्ला विकास समिति गुल्मीको सदस्यमा एमालेबाट निर्वाचित भएका थिए ।

०५४ देखि ६२ सम्म दुई कार्यकाल एमालेकै भातृ संगठन नेपाल उत्पिडीत जातीय मुक्ति समाजको केन्द्रिय कोषाध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ । पछिल्लो समय नेकपा हुँदा पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । तर पार्टी अलग भइसकेपछि नेकपा एमाल विधि र पद्धतीअनुसार नचलेको भन्दै आफुले एमाले त्यागेको उनले बताए ।

‘दुई पटकसम्म संसद विघटन भयो, एमालेमा नीति भन्दापनि व्यक्ति हावी भए ।’ उनले भने, ‘पार्टीको गलत संस्कारविरुद्ध बिद्रोह गरेको हुँ ।’ अब उनले आफु नेकपा एकीकृत समाजवादीमा रहेर समाज रुपान्तरणमा भूमिका खेल्ने प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ