अनिल खत्री
१४ असार गुल्मी । गुल्मीमा एन आइ सी एशिया बैंकले शाखा शुभारम्भ गरेर छ । जिल्लाको सदरमुकाम तम्घासको पुतली बजारमा स्थित तम्घास शाखा कार्यालयको बिहिवार एक कार्यक्रमका बिच कारोबार सहित शाखा शुभारम्भ गरिएको हो ।
शाखाको रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुँन् । उद्घाटन गर्दै नगर प्रमुख भुसालले गुल्मीको सदरमुकाममा यस बंैकको शाखा बिस्तार हुँनुले नागरिकलाई सेवा लिने हिसावले निकै फाइदा जनक रहेको बताए ।
उनले बैकले दैनिक कारोबार गर्ने क्रममा छिटो छरितो तथा नम्र व्यावहारका साथ सेवा दिन आग्रह गरे । बैंकहरुले सेवा दिने सवालमा नम्र छिटो छरितो नगर्ने जस्ता गुनासाहरु आइरहने गरेकाले व्यावहारमा परिर्वतन हुनुपर्नेमा जोड दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा धेरै बैंकहरु खुल्दै जानाले गुल्मेली जनतालाई सेवा लिन धेरै फाइदा मिलेको बताए । बैंकको गुल्मी २ सय ८ औं शाखाको रुपमा बिस्तार भएको तम्घास शाखा प्रबन्धक जगदीश पन्थीले जानकारी दिए ।
बैंकले दैनिक बचतमा ७ प्रतिशत ब्याजदर र मद्धतीमा ११ प्रतिशत ब्याजदर दिदै आएको प्रबन्धक पन्थीले बताए । बैंकले शाखा शुभारम्भसँगै छिटो छरितो सेवा दिने मुख्य उदेश्य राखिएको पन्थीको भनाई छ ।
ग्यास सिलिन्डर विस्फोटमा घाइते चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिन्डर लिक भइ आगलागी हुँदा घाइते भएकी गुल्मी – १ का संसद डा. चन्द्र