gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा एक मतले वडाध्यक्षमा कांग्रेसका न्यौपाने विजयी

गुल्मी, जेठ् ०१ । गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने एमाले उमेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै विजयी भएका हुन् । विजयी न्यौपानेले ७५६ मत प्राप्त गरेका छन भने पराजित न्यौपानेले ७५५ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालय कालीगण्डकी गाउँपालिकाले विजेता घोषणा गरेको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघका सदस्य प्रेम पाँडेले जानकारी दिए । उनका अनुसार वडा नम्वर १ हर्मिचौरमा भने पुनः मत गणना सुरु भएको छ । त्यस वडामा खसेको कुल मत १४३५ रहेकोमा गणना गर्ने बेलामा १४८७ मत फेला परे पछि पुनः मत गणना भएको हो ।

सो पालिकामा काँग्रेस र जनमोर्चा बिच र एमाले र माओवादी बीच अलग अलग चुनावी तालमेल भएको छ । जसअनुसार गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा काँग्रेस पालिका अध्यक्ष उमेदवार वेद थापामगर एमाले अध्यक्षका उमेदवार रामजी ढकाल भन्दा धेरै पछाडि छन् । -रातोपाटी डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D