गुल्मीमा एक जना मृत फेला

अनिल खत्री
१७ कात्तिक, गुल्मी । गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ निवासी ६२ वर्षिय बलबहादुर बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिबबहादुर खत्रीले बताए ।
शुक्रवार दिउँसो घरबाट सम्पर्क बिहिन भएका बिकको शब शनिवार बिहान इस्मा गाउँ पालिका वडा नम्बर ६ चौरासी स्थित तम्घास सिमलटारी सडक खण्डको छेउमा फेला परेको प्रहरी नायव निरिक्षक खत्रीले बताए । बिकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास गुल्मीमा ल्याएको प्रहरी जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक खत्रीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ