gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा एकै दिन १९ जनामा कारोना पुष्टी, संक्रमितको संख्या ४ सय ४९ पुग्यो

मनोज कार्की
गुल्मी, भाद्र २६ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ अर्थात् कारोना भाइरस गुल्मीमा पनि समुदाय स्तरमा फैलन थालेको छ । शुक्रबार एकै दिन गुल्मीमा १९ जना कारोना संक्रमित थपिएका छन् । प्रदेश ५ स्वास्थ्य प्रयोगशालामा १८ जना र चौराहा हस्पिटलमा १ जना गरि १९ जनामा कारोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकामा १८ जना र मुसिकोट नगरपालिकामा १ जनालाई पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानाकारि दिए । ८ जना महिला र ११ जना पुरुषमा कारोना पुष्टि भएको छ भने संक्रमित हुनेहरुमा ३ बर्ष देखि ७५ बर्ष समुह उमरका रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी आर्चायले बताए ।

हाल सम्म जिल्लामा कारोना संक्रमितको संख्या ४ सय ४९ जना रहेका छन् । संक्रमित सबैको अबस्था सामान्य रहेको छ । ३ सय ९० जनाले गुल्मीमा कारोना भाइरसलाई जितिसकेका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D