gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु, ३५ जनाले जिते कोरोना

सन्तोष महतारा
गुल्मी, ०१ जेठ । गुल्मीमा आज थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । आज जिल्लाका बिभिन्न स्थानका ३५ जनाले कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज ५ जनाको मृत्यु भएको छ । आज मालिका गाउँपालिका ७ घमिरका १ जना, रेसुङ्गा नगरपालिका २ तम्घासका १ जना, सत्यवती गाउँपालिकाका १ जना, इस्मा गाउँपालिका ३ का एक जना र धुर्कोट गाउँपालिका २ का एकजना गरी कुल ५ जनाकोे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालयका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । यो सँगै मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ ।

आज जिल्लाको रेसुङ्गा नगरपालिकामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । मालिका गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कालीगण्डकीमा र सत्यवती गाउँपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको छ । चन्द्रकोट गाउँपालिकाका १ जना, रुरुक्षेत्र गाउँपालिकाका १८ जना, छत्रकोट गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । इस्मा गाउँपालिकामा १ जना र गुल्मीदरबार गाउँपालिकामा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

आज सम्म कुल १ सय ९० जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ सय १ रहेको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा छैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D