गुल्मीमा एकजनाको धरौटी जफत

हुमाकान्त पोखरेल
गुल्मी, २० मंसिर । मंसिर १४ गते भएको उप–निर्वाचनमा गुल्मीमा एकजनाको धरौटी जफत भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्धार मन बहादुर दर्लामीको धरौटी जफत भएको हो ।

रिमुवामा कुल मतदाता दुई हजार ४८ मध्ये एक हजार ५४४ मत खसेको थियो । जसमा १४ मत बदर भई कुल एक हजार पाचँ सय ३० मत सदर भएको थियो । निर्वाचनको नियमअनुसार कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेद्धारको धरौटी जफत हुने गर्दछ । जसअनुसार प्रत्येक उम्मेद्धारले आफ्नो धरौटी जोगाउन न्यूनतम १५३ मत ल्याउनु पर्दथ्यो । तर दर्लामीले एक मत अर्थात ०.०००६ प्रतिशत मत ल्याएका थिए । दर्लामीले धरौटीस्वरुप बुझाएको एक हजार रुपैँया जफत भएको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ