gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा उल्लासपुर्ण रुपमा मनोनयन दर्ता, मुख्य दुई दलबीच चुनावी प्रतिस्पर्धा

टोपलाल अर्याल
गुल्मी, २७ कार्तिक। गुल्मीको उपनिर्वाचनमा मुख्य दुई दलबीच प्रतिस्पर्धा देखिएको छ । बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा, नेपाली काङ्ग्रेस एक जनाले स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका छन ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचनका लागि प्रमुख राजनितीक दल नेकपा र नेपाली काग्रेसले उम्मेदवारको छनौट गरिसकेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरि प्रसाद सिन्जालीलाई प्रतिस्पर्धामा उतारेको छ भने नेपाली काङ्ग्रेसले बेद प्रसाद दर्लामीलाई उमेदवार बनाएको छ । दुवै जनाले बुधबार उल्लासपुर्ण रुपमा मनोनय दर्ता गरेका छन।भने मन बहादुर दर्लामीले स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपाका उमेदवार सिन्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी वडा सदस्य हुन । भने नेपाली काङ्ग्रेसका दर्लामी वडा अध्यक्षमा पराजित भएका थिए । सबैभन्दा पहिले पन्चेबाजा सहित नेपाली काङ्ग्रेसले केन्द्रिय नेता चन्द्र भण्डारी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा ११ :४७ बजे मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । त्यसपछि नेकपाले प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा १२ : ५० मा मनोनयन दर्ता गरेको पौडेलले बताए । त्यसपछि स्वतन्त्रका उमेदवार मन बहादुर दर्लामीले मनोनयन दर्ता गराएका थिए । रुरु गाउँपालिका ६ रिमुवामा कुल मतदाता सख्या २ हजार ४८ रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यालयले अहिलेसम्म गाउँपालिकामा आफ्नो कार्यलय स्थापना र वडाको वस्तुस्थितीको वारेमा जानकारी लिएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार १ मसिंरमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D