gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा उद्योगी व्यवसायीका समस्या र सुझाव संकलन

अनिल खत्री
२० चैत, गुल्मी । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयद्धारा गुल्मीका उद्योगी व्यवसायीहरुसँग तम्घासमा शुझाव तथा समस्याहरु संकलन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा उद्यमीहरुका समस्या राख्ने उदेश्यले जिल्लाका उद्योगी व्यवसायीहरुका समस्या र सुझाव लिइएको हो ।

जिल्लाका बिभिन्न उद्योगी व्यवसायीहरुको सहभागितामा समस्या र सुझाव संकलन गरिएको छ । विगतका वर्षमा उद्यमी व्यवसायीहरुका वास्तविक समस्याको पहिचान नभएको हुँदा सरकारको तर्फबाट उद्यमीहरुका समस्या समधान गर्नुपर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

गुल्मी जिल्लाका उद्यमी व्यवसायीहरुले निति नियम प्रष्ट नहुनु,क्रसर उद्योग संचालनमा समस्या, पर्यटन पुर्वाधारमा कसैको चासो नजानु, महिला उद्यमीले सहज रुपमा कर्जा नपाएको समस्या रोखेका थिए । अनुदान दिने कार्यक्रममा पहुँचको आधारमा वितरण गरिएको र वास्तविक अनुदान पाउने कृषकले नपाएको जस्ता समस्या राखेका थिए ।

लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव हेमराज सुबेदीले कुनै पनि व्यवसाय संचालन गर्नुभन्दा पहिले राम्रोसँग त्यसबारे बुझनुपर्ने बताए । पछिल्लो समय व्यवसाय संचालन गर्ने तर आवश्यक ज्ञान नहुँदा धेरै व्यवसायले घाटा व्यर्होनु परेको उल्लेख गरे ।

व्यवसाय संचालन गर्दा एउटाले संचालन गरेको व्यवसाय आर्कोले संचालन गर्दा प्राय घाटा हुने गरेको उनको भनाई छ । उद्यमीहरुका समस्या समधान गर्नको लागि प्रदेश सरकारले निती तथा कार्यक्रममा यस्ता समस्याको समधान तर्फ लाग्ने बताए ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यालयले उद्योगी व्यवसायीहरुको लागि गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्रदेश सबै जिल्ला जिल्लामा पुगेर उद्योगी व्यवसायीहरुका समस्या र सुझाव संकलन गरेको मन्त्रालयका महाशाखा प्रमुख गौतम भण्डारीले बताए ।

आगमी दिनमा बनाउने निती तथा बजेट कार्यक्रममा व्यवसायीका उठाउनै पर्ने वास्ताविक समस्याहरुलाई पहिचान गरेर वजेटको व्यवस्था गर्ने लक्ष्य लिइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D