gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा उत्पादित बस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया

अनिल खत्री
१३ पुस, गुल्मी । गुल्मीमा उत्पादित बस्तुहरुको लेभलिङ गर्ने उदेश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा बिभिन्न खाध्य वस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो ।

गुल्मी जिल्लामा उत्पादन भएका र अन्य ठाउँमा उत्पादन भएका बस्तुहरुको गुणस्तर, कसरी लेभलिङ गर्ने र यसका प्रक्रियाहरुको बारेरमा उद्योगी र व्यवसायीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम राखिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका बरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । यस कार्यक्रमले जिल्लामै उत्पादन गर्ने उद्योगहरुले उत्पादन गर्नेका खाध्य बस्तुहरुमा अनिवार्य रुपमा उत्पादित बस्तुको उत्पादन मिति र अन्तिम मिति उल्लेख गरेर बिक्री बितरण गर्ने उदेश्य रहेको घिमिरेले बताए ।

कार्यक्रममा खाध्य प्राबिधिक प्रकाश थापाले उत्पादित खाध्य बस्तुको गुणस्तर, लेभलिङ, कसरी गर्ने र खाध्य र अखाध्य बस्तुको बारेमा जानकारी गराएका थिए । उनले उद्योगहरुले अनिवार्य लेभलिङ गरेर बिक्री गर्नुपर्नेमा जोड दिएका थिए ।

लेभलिङले कुन बस्तु कसरी प्रयोग गर्ने कहिलेसम्म प्रयोग गर्ने जस्ता खुलाएको हुनुपर्नेमा जोड दिएका थिए । बजारमा बिक्री गर्न राखिने बिभिन्न खाध्यबस्तुको उत्पादित मिति र म्याद सकिने मिति अनिवार्य राख्नु पर्नेमा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्टराई र गुल्मी अस्पतालका झबिन्द्र अर्यालले औषधी त्यसको प्रयोग र लेभलिङको बारेमा जानकारी गराएका थिए । उनिहरुले औषधीमा लेभलिङले ठूलो अर्थ राख्ने भएकाले प्रयोग गर्नेहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गुल्मी उद्योग बाणिज्उ संघ गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थीले जिल्ला सदरमुकाम तम्घास रहेका उद्योगहरुलाई धेरै पहिलेदेखि नै उत्पादित खाध्य बस्तुहरुमा लेभलिङ अनिवार्य राख्न भनिएको बताए । कुनैपनि खाध्य बस्तुमा राखिने लेभलिङ उपभोक्तालाई प्रयोग गर्न पनि ढुक्क हुनेभएकाले यसबारे सबै व्यवसायीले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा सहभागि जिल्लाका बिभिन्न उद्योग व्यवसायीहरुले लेभलिङ गर मात्रै भन्ने तर कुनै तालिम र सहयोग नगर्ने गरेको दुखेसो गरेका थिए । तम्घासमा खासगरि चाउमिन, पाउरोटी, दुध, घिउ बिक्री गर्ने व्यवसायीहरुले लेभलिङ गरेर बिक्री गर्नको निम्ति राज्यबाट पनि सहयोग हुनुपर्ने जोड दिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D