gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा उत्कृष्ट करदाता सम्मानित

अनिल खत्री
१ मंसिर, गुल्मी । गुल्मी जिल्लामा उत्कृष्ट करदाता सम्मान गरिएको छ । दशौं राष्ट्रिय कर दिवस २०७८ तथा कर सप्ताह उद्घाटन कार्यक्रममा जिल्लाबाट आर्थिक वर्ष ०७६÷०७७ मा सबैभन्दा धेरै आय कर तिर्ने १ जना करदातालाई सम्मान गरिएको हो ।

करदाता सेवा कार्यालय तम्घास गुल्मीले बुधवार सदरमुकाम तम्घासमा राखेको कार्यक्रममा सबै भन्दा धेरै आयकर तिर्ने अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि तम्घास गुल्मी सम्मानित भएको छ । सम्मानित गुल्मी उद्योग संघकी सदस्य समेटा रहेकी लक्ष्मी खनाललाई प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सम्मान गरेका हुन् ।

दरदाता खनालले आर्थिक वर्ष ०७६-०७७ मा ११ लाख ४६ हजार आयकर तिरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख चिरन्जवी बस्यालले बताए । उत्कृष्ट करदाता सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सम्मानित हुने उत्कृष्ट करदातालाई व्यवसायीक सफलताको शुभकामना दिए ।

उनले अन्य उद्योगी व्यवसायीलाई यसै गरी सम्मानित हुने हौसला, प्रेरणा मिलोस भनेर शुभकामना दिए । करको बिषय डरको बिषमा परिणत भएकाले करलाई रहरको बिषयमा लैजान आग्रह गरे ।

कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख, उद्योगी व्यवसायीहरुले कर तिर्नु नागरिकको दायित्व रहेको बताएका थिए । उनिहरुले करलाई तिर्ने रहरका रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कुनैपनि व्यवसाय गरिसकेपनि राज्यले सुरक्षा दिनु कर्तव्य भएकाले व्यवसाय गर्ने व्यवसायीले मुनाफाबाट राज्यलाई करतिनुपर्ने दायित्व रहेको बताएका थिए । करसप्ताह मनाउन मुख्य गरि करसम्बन्धी सचेता जगाउनु नै प्रमुख उदेश्य रहेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बस्यालले बताए ।

कर सप्ताह कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न ग्रामीण स्थानमा कर शिक्षा कार्यक्रम राखिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D