Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बृक्ष रोपण गरिने - Gulminews

गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बृक्ष रोपण गरिने

अनिल खत्री
२० चैत, गुल्मी । गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत बृक्ष रोपण गरिने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा बृक्ष रोपण गरिने भएको छ ।

वन क्षेत्रमा बिभिन्न जातीका विरुवाहरु रोपण गरेर त्यसबाट आयआर्जन गर्ने उदेश्यले बृक्ष रोपण गरिने भएको हो । अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वनमारा र झाडीले भरिएको स्थानमा बिभिन्न प्रजातीका विरुवाहरु रोपण गरेर आयआर्जन गर्न लागिएको छ ।

भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले अगररुडको विरुवा रोपण गरेर आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम सुभारम्भ गरिएको छ । बृक्ष रोपण गर्दै कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बिभिन्न बृक्ष रोपण गरेर आयआर्जन बढाउनु यसको प्रमुख उदेश्य रहेको बताए ।

नयाँ कार्यक्रम रहेकाले यस प्रभाकारी ढंगले काम गर्न समितिलाई आग्रह गरे । उनले यस कार्यक्रमले स्थानीयलाई रोजगारि समेत दिने उदेश्यले समेत रहेको बताए ।

भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा ५० प्रतिशत र ५० प्रतिशत उपभोता समितिको गरि ५ लाखको लागतमा बृक्ष रोपण गरिने भालुपातल छहरा सामुदायिक वनका अध्यक्ष चोलराज शर्माले बताए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत दाँते ओखर ३५० वटा, अलैची ५ सय वटा, तेजपात ५ हजार वटा, अगरउड ३ सय वटा, अमृसो ७ हजार वटा, श्रीखण्ड ३ सय वटा रोपण गरिने अध्यक्ष शर्माले बताए ।

वन क्षेत्रमा विरुवा रोपण गरेर आयआर्जन बढाउने प्रमुख उदेश्य रहेको शर्माको भनाई छ । अहिले वन क्षेत्रमा रहेका बिभिन्न झाँडी तथा वनमाराहरु फडानी गर्ने कार्य गरिएको छ ।

आगामी असारसम्म विरुवा रोपण गरिने अध्यक्ष शर्माले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनी, रेसुङ्गा मुसिकोट सबडिभिजिन कार्यालय गुल्मीका प्रतिनिधी घनश्याम आचार्य, स्थानीय चन्द्रकान्त भण्डारीले यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताएका थिए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रमको सहजीकरण कृष आचार्यले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D