gulminews logo
सोमबार, २०८१ बैशाख १७

गुल्मीमा आत्महत्या गर्ने पुरुष धेरै, विष सेवन गर्नेको संख्या बढ्दै

टोपलाल अर्याल
गुल्मी, पौष ३ । जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ । किशोरावस्थादेखि वृद्धसम्मले आत्महत्या गरेको पाइएको हो ।

यो आर्थिक वर्षको पाँच महिनामा १७ जना पुरुष र सात महिला गरी २४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । एक महिलाले खोलामा हामफालेर आत्महत्या गरेको प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।

चन्द्रकोट गाउँपालिका–८ मजुवाकी १५ वर्षीया शिवा माझीले गत ३१ भदौमा आत्महत्या गरिन् । तम्घासको एक घरमा घरेलु कामदार रहेकी शिवाले आत्महत्या गरेपछि अहिलेसम्म उनको परिवार शोकमा छ । किशोरी शिवाले मात्र होइन, गुल्मीमा वृद्धले समेत आत्महत्या गरेका छन् । इस्मा गाउँपालिका–६ अमरपुरका ८८ वर्षीय शोभाखर बोहोराले १२ असोजमा आत्महत्या गरे ।

विष सेवन गर्नेको संख्या बढ्दै

मुसिकोट नगरपालिका–३, वडागाउँकी २२ वर्षीया सरिता घर्तीले १५ कात्तिकमा मुसा मार्ने पाउडर खाइन् । उपचारका क्रममा उनको मृत्यु भयो । सानो बच्चा र विदेशमा रहेका श्रीमान्को बिचल्ली भयो । अहिलेसम्म पनि परिवारको आँखा ओभाएको छैन । रुरु गाउँपालिका–४ का ४९ वर्षीया रामु परियारले विष सेवन गरेर आत्महत्या गरे ।

त्यस्तै, गत १४ कात्तिकमा गुल्मीको रेसुंगा नगरपालिका–१० को भगवती माविका तीन किशोरीले विष सेवन गरे । प्रेम सम्बन्धका कारण एक किशोरीले विष सेवन गरेको र पछि अरू दुई साथीलाई पनि पानी भनेर विष सेवन गराइन् ।

अहिले उपचारपछि तीनैजना घरमा छन् । यो वर्षमा विष सेवनबाट तीनजनाको मृत्यु तथा ६ जना उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक तीर्थराज गौतमले बताए ।

गुल्मीमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गरेको पाइएको छ । यो पाँच महिनामा पनि नौ महिला र २८ पुरुषले आत्महत्या गरेका छन् । त्यस्तै, गत वर्ष पुरुष ३५ र महिला २२ गरी ५७ जनाले आत्महत्या गरे । आर्थिक वर्ष ०७३/७४ मा आत्महत्या गर्नेमा महिला २७ र पुरुष ३१ गरी ५८ छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पछिल्लो तीन वर्षमा ८४ पुरुष र ५८ महिलाले आत्महत्या गरेको तथ्यांक रहेको छ । आत्महत्या गर्नेको सूचीमा १५ वर्षका बालबालिकादेखि ९० सम्मका वृद्धवृद्धासमेत छन् ।

प्रहरीका अनुसार कडा मानसिक रोग, लागुऔषध सेवन, प्रेम सम्बन्ध नै आत्महत्याका कारण हुन् । यो आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये अधिकांश पुरुषले मदिरा सेवनसँगै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

सचेतना आवश्यक

आत्महत्या न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको विज्ञको भनाइ छ । जसमा शिक्षाको पहुँच बढाउनु, घरेलु तथा लैंगिक हिंसा कम गर्नु, पारिवारिक सम्बन्धमा सुधार, अन्तरजातीय विभेदको अन्त्य तथा रोजगारी सिर्जना गर्न सके आत्महत्याका घटनामा कमी आउने रेसुंगा बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले बताए ।

अहिलेको प्रतिस्पर्धात्मक र भड्किलो समाजमा पारिवारिक भार पुरुषमा आउने र त्यो सहन नसकेकाले पनि बढी पुरुषले आत्महत्या गर्ने गरेको प्राध्यापक शर्माको भनाइ छ । त्यस्तै, सँगै बढेका साथीहरूको जीवनशैली राम्रो हुने तर त्यसैलाई आफूसँग तुलना गर्दै धेरैले आत्महत्या गर्ने गरेको शर्माले बताए । व्यक्तिको मनोबल वृद्धि गराउनेदेखि केही सामाजिक कुरीतिलाई हटाउनुपर्ने उनको भनाइ छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D