gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा आज ३४, ३८ र ४६ वर्षीय ३ पुरुषको मृत्यु, ६७ जना संक्रमित थपिए

सन्तोष महतारा
गुल्मी, ३० बैशाख । गुल्मीमा आज कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ हर्दीनेटाका ३४ वर्षीया पुरुषको मिसन अस्पताल पाल्पामा मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकाका ४ जैसीथोकका ३८ वर्षीय पुरुषको नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको छ । त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका ६ खैरेनीका ४५ वर्षीय पुरुषको सत्यवती गाउँपालिकाले निर्माण गरेको आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा आज थप ६७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या ८ सय १४ पुगेको छ । आज मृत्यु भएकासहित जिल्लामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज सम्म १ सय ३८ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले जानकारी दिए । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ७ सय ९ रहेको छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेशनमा ६ सय ६० जना छन् । जसको अवस्था सामान्य रहेको छ ।

४५ जनाको आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । आइसियुमा ४ जनाको उपचार भइरहेको छ । जुन गुल्मी बाहिर विभिन्न अस्पतालमा छन् । जिल्लामा कोरोना संक्रमित राख्न मात्र बेडको संख्या १ सय ७१ रहेको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा छैन । जिल्लामा अहिले ३९ वटा एम्बुलेन्स चलिरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा नहुनाले प्रत्येक दिन बिरामीलाई हेलिकप्टर मार्फत चितवन र काठमाडौं पठाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D