gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा आगामी २५ गते सम्म लकडाउन: के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

सन्तोष महतारा
गुल्मी, बैशाख १७ । गुल्मीमा दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आइतबारदेखि लागु हुनेगरी बैशाख २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । कसैले यो आदेशको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाइने छैन । सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद संचालन गर्न निषेध गरिएको छ । विद्यालय, शिक्षालय, तालिमकेन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नांचघर, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन, सुनचांदी पसल, टेलरिङ्ग, फुटपाथ पसलहरु लगायतका सेवा एवं स्थलहरु बन्द अवस्थामा रहने छन् ।

मठ मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पुजा वाहेक अन्य सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधीहरु बन्द गर्ने निर्णय गरिएको छ । एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ सामग्री बोकेका सवारी साधनहरु, क्वारेन्टिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक गुल्मी जिल्लाभर यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरुको संचालनमा रोक लगाउने तर गुल्मी जिल्ला भएर अन्य निषेधाज्ञा जारी नभएका जिल्ला जाने सवारीसाधनहरु गुल्मी जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी संचालन गर्न दिइने निर्णय भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।

निर्माण तथा खाद्यसामाग्रीका सवारी साधनमा चालक तथा सहचालक संचालन हुन पाउनेछन् । विवाह, व्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै संचालन गर्नुपर्ने र त्यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागि हुन नपाइने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ । औषधी एवम् स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने ।अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा १ पटकमात्र विहान ७ वजेबाट ९ वजेसम्म मात्र संचालन गर्न पाउने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले विहान १० बजे बाट दिउँसो १२ बजेसम्म मात्र संचालन गर्न जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

स्वास्थ सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायहरुबाट प्रदान गरिने सवै प्रकारका सेवाहरु बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।
सरकारी कार्यालय बन्द नगरी आन्तरिक कामहरु गर्न जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

बैंक तथा वित्तिय संस्थाले विहान १० बजे देखी दिउँसो १२ बजेसम्म सेवा संचालन गर्ने निर्णय गरिएको छ । अत्यावश्यक उपभोग्य तथा खाद्यवस्तुको आपूर्तीको व्यवस्था गुल्मी उद्योग वाणिज्य संघ तथा च्याम्बर्स अफ कमर्सले मिलाउने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ । आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने निर्णय गरिएको छ । जिल्लामा हाल उपलब्ध रहेका एम्बुलेन्सहरु सञ्चालनका लागि सम्बन्धीत स्थानीय तह तथा निकायहरुले तयारी अवस्थामा राखी कुनै पनि अवरोध नहुने गरी संचालनको व्यवस्था मिलाउने गरी निर्णय भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनको लागि सवारी पास जारी नहुने समेत बताइएको छ ।
साथै औषधी तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तीमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तीमा अवरोध गर्ने उपर कारवाही गरिने जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रले जनाएको छ । जिल्लामा दोस्रो लहरका रुपमा फैलिएको कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु

गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीय जुना पौडेलको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले बताएको छ ।

उनको १५ गते पिसिआर परिक्षण पोजेटिभ देखिएको थियो । उनमा निमोनिया सम्बन्धि बिरामी भई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको १५ गते नै मृत्युु भएको मेडिकलले जनाएको छ । त्यस्तै जिल्लाको धुर्काेट गाउँपालिका २ का ७५ वर्षीय शिवहरी खनालको शुक्रबार मृत्युु भएको मेडिकलले जनाएको छ । दम तथा निमोनिया सम्बन्धि बिरामी भई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रहेका उनको बैशाख १० गते कोरोना परिक्षण गर्दा पिसिआर पोजेटिभ आएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D