gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा आइतबार देखि चियापसल, रेष्टुरेन्ट तथा होटलहरु सञ्चालनमा आउने

गुल्मी, असार २६ । गुल्मीमा आइतबार देखि चियापसल, रेष्टुरेन्ट तथा होटलहरु सञ्चालनमा आउने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी गरिएको लकडाउनले बन्द रहेका जिल्लाका होटलहरु आवश्यक सुरक्षाका उपायहरु अपनाई सञ्चालनमा आउने भएका हुन् ।

शुक्रबार (आज) बसेको होटल व्यवसायी मञ्च जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष भेषराज कंडेलले जानकारी दिए । सरकारले सार्वजनिक यातयात सञ्चालन गर्न अनुमति दिएकाले होटलहरु पनि यातयातसँग जोडिएको भन्दै आवश्यक सुरक्षाका उपायहरु अपनाई सञ्चालन गर्ने निर्णय गरेको हो । विगत चार महिनादेखिको लकडाउनको प्रभावले व्यापार व्यावसाय तथा मजदुर वर्गमा ठुलो क्षती भएको मञ्चले जनाएको छ ।

तर होटल व्यवसाय सञ्चालन गर्दा कोरोना भाइरसबाट बच्ने सुरक्षाका उपायहरु भने अनिवार्य पुर्ण रुपमा अपनाउनु पर्ने अध्यक्ष कंडेलको भनाई छ । ग्राहक होटलमा प्रवेश गर्ने वित्तिकै सावुनपानीले हातधुन लगाउने, भौतिक दुरी कायम गर्ने, गर्न लगाउने, खाना, खाजा खुवाउदा एक टेवल १ ग्राहकले मात्र प्रयोग गर्ने निर्णय भएको छ । न्याप्कीन वा टिष्युपेपरको मात्र प्रयोग गर्ने, ग्राहकले कोठा प्रयोग गरीसकेपछि अर्को ग्राहकले प्रयोग गर्दा अनिवार्य वेडकभर फेर्नुपर्ने निर्णय भएको अध्यक्ष कंडेलले जानकारी दिए ।

विवाह, व्रतबन्ध-पार्टी सेमिनार गोष्टी होटल, पार्टीप्यालस तथा रिर्सोटरुमा गर्न नपाइने, खानाका सबै परिकार संस्थाले तोकेको पुरानै दररेटमा बिक्रि वितरण गर्न समेत अनुरोध गरिएको छ । मञ्चले अझैपनि कोरोना महामारीको जोखिम कायमै रहेकाले विश्वस्वास्थ्य संगठनले निर्देशित गरेका स्वास्थ्यका मापदण्ड अपनाई व्यवसाय सन्ञ्चालन गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D