gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा अहिलेसम्म ५ सय ६५ मत खस्यो

टोपलाल अर्याल
गुल्मी १४ मंसिर। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाटनै मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले बताए । निर्वाचनको लागि एक मतदान केन्द्र र दुई मतदान स्थल तोकिएको छ । अहिलेसम्म दुई मतदान स्थलमा ५ सय ६५ मत खसेको निर्वाचन अधिकृत कृष्ण शरण लामिछानेले बताए ।

निर्वाचनका लागि दुई जना मतदान अधिकृत, चार जना सहायक मतदान अधिकृत, आठ स्वयमसेवक र दुई जना सहयोगी गरि १४ जना कर्मचारी मतदान स्थलमा खटिएका छन् । महिला, पुरुष र अशक्तहरुको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको मतदाताले बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा पुराएपछी बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई निरौलाले आग्रह गरे ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडाअध्यक्ष पदका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरीप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी तथा स्वतन्त्र तर्फबाट मनबहादुर दर्लामीले उमेद्धवारी दर्ता गरेका थिए। तीन जना उमेदवारनै मतदान स्थलमा उपस्थित थिए । वडा न ६ को लागि दुई हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D