gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा असार ३१ गतेसम्म निषेधाज्ञा थप

अनिल खत्री
२३ असार, गुल्मी । गुल्मीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर दिनानु दिन बढ्दै जान थालेसम्मगै जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर घटेसँगै खुकुलो बनाएर गरिएको निषेधाज्ञालाई पुनः कडाइ गर्ने गरि निषेधाज्ञाको समय थप गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ७ घण्टा मात्रै खोल्न पाइने भएको छ ।

निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो । यस्तै बैंक तथा वित्तिय संस्था, सहकारी, वीमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सन्चालन गर्न पाउने भएका छन् ।

खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा बित्तिय संस्था खोलीदै आएकोमा थप फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ५३१ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २७ हजार २९३ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३४६ जना रहेका छन् ।

जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टा मात्रै खोलिदै आएकोमा अब ८ घण्टा खोल्न पाइने भएको छ । त्यस्तै बाणिज्य बैंक तथा बिकास बैंक, बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी संस्था २ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D