Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा अबैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्त सार्बजनिक - Gulminews

गुल्मीमा अबैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्त सार्बजनिक

अनिल खत्री
१ चैत, गुल्मी । गुल्मीमा अबैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई हत्या गर्ने गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ का ३१ वर्षका पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अभियुक्त घर्तिले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको वडानम्बर–१ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका ेजिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । हत्या गरि गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि मात्रै प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो ।

अभियुक्त घर्तीले हत्या गरि बिभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गर्ने र घटनालाई अनेत्र मोडन खोजेको प्रहरीले जनाएको छ । अभियुक्तले हत्या गरेर पहिले नै भन्न खोजेपनि तर आट नआएकाले भन्न नसकेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुक प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आइतवार नै अनकन्टार जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक पनि फेला परेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D