gulminews logo
बुधबार, २०८१ बैशाख ५

गुल्मीमा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रले ५८० जना बालबालिकाको उपचार तथा पुर्नस्थापना ग¥यो

सूर्य सुनार
२३ फागुन, गुल्मी । गुल्मीमा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रले अहिले सम्म ५८० जना बालबालिकाको उपचार तथा पुर्नस्थापना छ । जिल्लामा कार्यालय स्थापना भएपछि अहिले सम्म अपाङ्ग भएका बालबालिकाहरुलाई उपचार तथा पुर्नस्थापना गरेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मीका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानीय तहसंग संस्थाले समन्वय गरी अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गरिरहेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्दले जनाएको छ । महिला स्वयंसेविका तथा अपाङ्गता क्षेत्रमा काम गर्ने प्रतिनिधिहरु जननिर्वाचित प्रतिनिधिहरु, बाल क्लबहरुमा र शिक्षक र बालबालिकामा समुदाय स्तरमा गएर १५ सय व्यक्तिलाई अपाङ्गता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

उक्त कार्यक्रममा गरिएको हो । ५ वर्षको अन्तरालमा २० जना बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गरिएको ।

अति विपन्न परिवारका अपाङ्गता भएका बालबालिकाहरुलाई आर्थिक वर्ष २०७७ मा खाद्ययन्न लगाएका विभिन्न सामग्री प्रदान गरेको छ । मजुवा स्वास्थ्य केन्द्रमा १ लाख बराबरको स्वास्थ्य सामग्री , छत्रकोट गाउँपालिकामा अपाङ्गतामैत्री शौचालयको लागि १ लाख समेत संस्थाले सहयोग गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

१८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई परिक्षण एवंम पहिचानका लागि स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर संचालन समेत कार्यक्रम गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो । संस्थाले जिल्लामा सक्रिय भई समाजमा अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D