गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो, ३ घाइते

अनिल खत्री
४ पुस, गुल्मी । गुल्मीमा गएराती भएको अटो दुर्घटनामा घाइते थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रेसुङ्गा नगरपालिका वडानम्बर–२ का १८ बर्षका सुरज बिकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको गएराती मृत्यु भएको थियो ।

गौडाकोटबाट तम्घास तर्फ आउदै गर्दा अनियंत्रित भइ सडक बाट अन्दाजी २०० मिटर तल खसी दुर्घटनामा गरेको प्रहरीले जनाएको छ । अटोमा सबार घाइते ३ जना मध्ये २ जनाको गुल्मी अस्पताल र १ जनाको पाल्पामा उपचार भइरहेको पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–८ सल्यारा लु १ क २३६२ नम्बरको जेसिबीले झुमा सल्यारा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा ५ वर्षकीे जस्मिन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढुंगाले लागेर ७ वर्षकी निर्जला कुमाल घाईते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । घर नजिकै अमला टिप्न गएका ति वालीकालाई जेसिबीले कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा फालेको ढुंगाले लागेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D