gulminews logo
बुधबार, २०८१ बैशाख १९

गुल्मीमा अक्सिजन प्लान्ट राख्न १ करोड बिनियोजन, ५ बेडको आइसियु स्थापना गरिदै

अनिल खत्री
३ जेठ, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने गरि बजेट बिनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।

गुल्मी अस्पतालमै ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गने भएको छ । त्यस्तै रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको नेपालीले बताए ।

जिल्लामा कोरोना संक्रमितहरु १ हजार भन्दा वढि भइसकेका छन् । जसले गर्दा अक्सिजन अभाव हुने गरेको छ । प्लान्टस्थापना गर्न रकम बिनियोजन भएपछि नागरिक स्तरबाट आभार प्रर्कट गरेका छन् ।

जिल्लामा गुल्मीका पत्रकारहरू अक्सिजन अभियानमा सञ्चालन गरेर रकम संकलन गरिरहेका थिए । गत वैशाख २५ गतेबाट अक्सिजन प्लान्ट स्थापना अभियान जेठ १ गते रातिसम्म ३६ लाख ६३ हजार सहयोग संकलन भएको अभियन्ता तारा भुसालले बताए ।

पछिल्लो समय पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्टे अभियानलाई चौतर्फी रूपमा स्वागत र साथ रहेकाले छ । अक्सिजन प्लान्ट अभियानमा पूर्वमन्त्री गोर्कण विष्टले १० लाख सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् भने पूर्वसभासद् तथा कांग्रेस नेता चन्द्र भण्डारीले पनि अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

गुल्मी उद्योग वाणिज्य संघले पनि पत्रकार महासंघको अभियानमा ऐक्यबद्धता जनाउँदै करिब १५ लाखभन्दा बढी सहयोग संकलन गरिसकेको छ । महासंघले अहिले अक्सिजन खरिद गरेर गुल्मी अस्पताल र रेसुङ्गा अस्पतालका बिरामीहरूको आवश्यकतालाई मध्यनजर वितरण गरेको छ ।

पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा ५ शय्याको आइसोलेसन स्थापना गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D