गुल्मीबाट भोट हाल्न तराई झर्दै…

घनश्याम गौतम
गुल्मी । दोस्रो चरणको निर्वाचन हुँदा गुल्मीमा बसेर चुनावको अनुभव गरेका प्रदेश २ का बासिन्दा कति बेला घर पुगौं र निर्वाचन अभियानमा लागौं भनेर आतुर छन् । रौतहटको चन्द्रपुर नगरपालिका ९ का शीतल यादव सात महिनादेखि तम्घासमा छन् ।

भवन निर्माणको काम गर्ने उनलाई भोट हाल्न कति बेला घर पुगौंपुगौं भइरहेको छ । ‘शरीर मात्र यहाँ छ, मन त घरतिरै छ,’ उनले भने, ‘शुक्रबार घर जाने गरी टिकट लिएको छु, घर गएर आफ्नालाई भोट दिने हो ।’ आफूसँगै अरू चार जना पनि भोट दिनकै लागि घर फर्कन लागेको उनले बताए ।

यहाँ निजामती कर्मचारी, खुद्रा व्यापार, सैलुन व्यवसाय र निर्माण मजदुरीमा संलग्न करिब तीन सय जना छन् । चन्द्रकोट कन्स्ट्रक्सनका निर्माण व्यवसायी वीरबहादुर थापाले मधेसी समुदायका मजदुर चुनावका लागि घर जाँदा निर्माण कार्य ठप्प भएको बताए । उनले चन्द्रकोट क्याम्पसको भवन निर्माण गरिरहेका छन् । झन्डै २५ मजदुरमध्ये एक दर्जन मधेसी छन् । ‘एउटा समूह तीन दिनअघि गयो,’ उनले भने, ‘अर्को ८ जनाको समूह शनिबार जाँदैछ ।’

कामदार अक्कल अन्सारीले वीरगन्ज उपमहानगरपालिकामा आफ्ना सबै साथी चुनाव प्रचारमा लागेकाले पुग्न निकै हतारो भएको बताए । २३ वर्षे अन्सारीले आफूले पहिलोपटक भोट हाल्न थालेकाले पनि गाउँ पुग्न निकै हतार भइरहेको सुनाए । ‘११ नम्बर वडामा मेरै चाचा उठेका छन्,’ उनले भने, ‘सबै साथीले छिटो आइज भनेका छन्, अब पर्सि जान्छौं ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ