gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीबाट चुनावमा कस्ले कती खर्च गरे? हेर्नुस् यस्तो खर्च विवरण बुझाए जित्ने हार्ने उम्मेदवारहरुले

हुमाकान्त पोखरेल
०९ पुस, गुल्मी । २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा उम्मेद्धारी दिएका कुल ५२ जनामध्ये ४२ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् । विजयी उम्मेद्धारमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्धार गोकर्ण विष्टले धेरै खर्च गरेको पाइएको छ ।

विष्टले २२ लाख ७४ हजार खर्च गरेको बिवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीलाई बुझाएका छन् । त्यस्तै क्षेत्र नम्बर १ का विजय उम्मेद्धार प्रदिप ज्ञवालीले १८ लाख १ सय ७० खर्च गरेको कार्यलयले जानकारी दिएको छ । त्यस्तै निर्वाचन कार्यालयका अनुसार प्रदेशसभातर्फ विजयी उम्मेद्धारमध्ये सबैभन्दा धेरै क्षेत्र नम्बर १ प्रदेश १ का सुदर्शन बरालले खर्च गरेका छन् ।

बरालले १४ लाख ९२ हजार २ सय ६६ खर्च गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ प्रदेश २ का सासंद कमलराज श्रेष्ठले ८ लाख ९२ हजार २ सय ८० खर्च गरेको पाइएको छ । क्षेत्र नम्बर २ प्रदेश १ का सासंद खड्ग केसीले १४ लाख ४० हजार र प्रदेश २ का सासंद दिनेश पन्थीले १४ लाख १६ हजार ३ सय ७६ खर्च गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

गुल्मीका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सबैमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले जित हात पारको थियो ।

काङ्ग्रेसबाट प्रतिनिधिमा भण्डारी र प्रदेशमा पहराईले गरे धेरै खर्च
निर्वाचनमा सबै स्थानमा नेपाली काङ्ग्रेस प्रमुख प्रतिद्धन्द्धि रहेको थियो । काङ्ग्रेबाट प्रतिनिधिसभामा सबैभन्दा धेरै क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले गरेका छन् ।

भण्डारीले कुल २४ लाख २५ हजार खर्च गरेको विवरण निर्वाचन कार्यलयमा पेश गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ का उम्मेद्धार चन्द्र केसीले २४ लाख १७ हजार ५ सय खर्च गरेको पाइएको छ । काङ्ग्रेसबाटै प्रदेशसभामा उम्मेद्धार बनेकामध्ये सबैभन्दा धेरै क्षेत्र नम्बर २ प्रदेश २ का छन्दबहादुर पहाराईले गरेका छन् ।

पहराईले खर्च गर्न पाउने कुल रकम १५ लाख सबै नै खर्च गरेको विवरण पेश गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ प्रदेश १ का उम्मेद्धार पृथ बहादुर फौजदारले १४ लाख ८३ हजार १ सय र प्रदेश २ का उम्मेद्धार धनेन्द्र कर्कीले १४ लाख ७६ हजार ८ सय खर्च गरेको पाइएको छ । भने निर्वाचन क्षेत्र नम्बर २ को प्रदश १ का उम्मेद्धार शालिकराम पन्थीले १४ लाख ७५ हजार निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D