gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीबाट कुन निर्वाचनमा कहिले कस्ले जिते, यस्तो छ नालिबेली (विवरण सहित)

प्रेम सुनार
गुल्मी, मंसिर २४ । गुल्मी क्षेत्र नं. १ र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट फराकिलो मतान्तरले विजयी भएका छन् ।
ज्ञवाली ३७ हजार ८ सय १७ मत ल्याई विजयी भएका छन् । उनले कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई ७ हजार ५ सय ५८ मतले पछाडी पारेका हुन् । भण्डारीले ३० हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्वर २ मा गोकर्ण विष्ट १४ हजार भन्दा बढि मतको अग्रता लिएर विजयी भएका छन् । विष्टले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन् ।

कुन निर्वाचनमा कस्को कती जित?
२०५१ सालको संसदिय निर्वाचनमा एमालेले साबिकका ३ वटा निर्वाचन क्षेत्रमा एमाले जित हात पारेको थियो । तिनवटै निर्वाचन क्षेत्रमा एमाले जित हात पारेपछी जिल्ला एमालले लाल किल्ला बनेको थियो ।
२०५६ सालको संसदिय निर्वाचनमा भने एमालले २ वटा निर्वाचन क्षेत्रमा जित हात पारेको थियो । उक्त निर्वाचनमा १ क्षेत्रमा काँग्रेसले जित हातपारेको थियो ।

२०६४ सालमा सम्पन्न पहिलो संबिधान सभाको निर्वाचनमा ३ वटा निर्वाचनमा क्षेत्रमा २ निर्वाचन क्षेत्रमा माओवादी र १ निर्वाचन क्षेत्रमा एमाले जित हातपारेको थियो ।
२०७० सालमा सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा ३ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र १ निर्वाचन क्षेत्रमा एमाले निर्वाचित भएका थिए ।

बिष्ट र ज्ञवाली ३-३ पटक निर्वाचित, १-१ पटक मन्त्री
गुल्मीबाट निर्वाचित भएका एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जिल्लाबाट ३-३ पटक निर्वाचित जनप्रतिधी बनेका छन् । ज्ञवाली २०५६ साल २०६४ सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए भने अहिले २०७४ सालमा क्षेत्र नं. १ बाट निर्वाचित भनेका छन् ।

बिष्ट २०५६ सालमा सम्पन्न संसदिय निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो संबिधान सभाको निर्वाचनमा गुल्मी ३ बाट निर्वाचित भएका थिए । २०६४ सालको पहिलो सांबिधान सभाको निर्वाचनमा भने उनी माओवादीका चन्द्र बहादुर थापा सागरसँग पराजित भएका थिए । अहिले २०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा बिष्टले गुल्मी क्षेत्र नं २ बाट बिजयी भएका छन् ।
ज्ञवाली र बिष्ट एक-एक पटक पटक मन्त्री समेत बनेका छन् । प्रदीप ज्ञवाली साँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए भने बिष्ट उर्जामन्त्री बनेका थिए ।

श्रेष्ठ र बरालको दोश्रो यात्रा गुल्मी
प्रदेश सभामा निर्वाचित एमालेका कमलराज श्रेष्ठको जनप्रतिनिधी बन्ने दोश्रो यात्रा बनेको छ । श्रेष्ठ २०५१ सालमा सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए । त्यस्तै प्रदेश सभामा निर्वाचित माओवादीका सुर्दशन बरालको पनि गुल्मीबाट दोश्रो यात्रा बनेको छ । बराल २०६४ सालमा सम्पन्न पहिलो संबिधासभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D