gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीबाट एसईईमा झण्डै ५ हजार विद्यार्थी सहभागी हुँदै

अनिल खत्री
८ बैशाख, गुमी । गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ४ हजार ८ सय २३ विद्यार्थी सहभागी हुने भएका छन् । बैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका १ सय ४० वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

प्राबिधिक धारको परिक्षा भने बैशाख २० गतेसम्म चल्नेछ । कुल विद्यार्थी संख्य मध्ये छात्रा २ हजार ८ सय ५ जना र छात्र २ हजार ३ सय १५ जना परिक्षामा सहभागी हुने बताउनु भयो ।

प्राबिधिक तर्फ १६ वटा बिद्यालयका २८७ जना बिद्यार्थी परिक्षा सहभागि हुने मरासिनीले बताए । परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको जानकारी दिनुहुँदै उहाँले प्रश्नपत्र पनि सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा पुयाइएको मरासिनीले बताए । परिक्षालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

परिक्षालाई स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D