gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीदरवारका २२७ वटा पसलमा अनुगमन, म्याद गुज्रेका समाग्री बरामद

अनिल खत्री
२४ असोज, गुल्मी । गुल्मीदरवार गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । महान पर्व बिजया दमी तथा दिपावली पर्वमा हुनसक्ने कालोबजार तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ ।

गाउँपालिकाले बिभिन्न स्थानमा २२७ वटा पसलहरुका अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा ४५ वटा पसलबाट म्याद गुज्रेका कुकिज, सुजि, बेसन, चाउमिन, भुजा, कोक, फेन्टा लगायत लेबल नभएका २५ हजार रुपँया भन्दा वढिको सामाग्रीहरु बरामद गरिएको पाण्डेले बताए ।

अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D