Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीदरबार गाउँपालिकामा ८७ वर्षका जेष्ठ नागरिकहरुलाइ फाइबर सिरक - Gulminews

गुल्मीदरबार गाउँपालिकामा ८७ वर्षका जेष्ठ नागरिकहरुलाइ फाइबर सिरक

अनिल खत्री
१ फागुन, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ८७ वर्ष उमेर कटेका १ सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत प्रयोग गर्न मिल्ने फाइबर सिरक प्रदान गरेको गुल्मीदरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्र्तगत १ लाख रुपैयाँको बजेटबाट जेष्ठ नागरिकहरुलाई फाइबर सिरकले सम्मान गरिएको हो । त्यस्तै गाउँपालिकाबाट ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको घरघरमा स्वास्थ्यकर्मीहरु गई स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

गाउँपालिकाले दम, सुगर, प्रेसर लगायतका दीर्घ रोगीहरूलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । असक्त जेष्ठ नागरिकहरूको घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रमहरू संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जनतासँग गाउँपालिका कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा, आकाङ्क्क्षा सम्बन्धमा सबै वडाहरू र टोलटोलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । गाउँपालिकाबाट गत अशोज १५ गते जेष्ठ नागरिक दिवसको अवसरमा समेत घरमा एक्लै भएको समय गित, संगित, भजन तथा समाचार सुन्नको लागि रेडियो वितरण गरेको थियो ।

आगामी आर्थिक वर्ष ०७८÷०७९ को लागि जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागि महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । गाउँपालिका टोलटोलमै पुगेर जेष्ठ नागरिकहरुको चासो, गुनासो, समस्या, इच्छा सुनिदिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D