gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीदरबार गाउँपालिकाले पनि शुक्रवार सार्बजनिक बिदा दिने


अनिल खत्री

२० कात्तिक, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताए ।


गाउँपालिका प्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतारा हस्ताक्षरित सार्बजनिक सुचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ । गाउँपालिकाको बुधवार गरेको निर्णय अनुसार बिदा दिने निर्णय भएको हो ।एकादशीको दिन जिल्लाको धार्मिक,ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । गुल्मीदरबार गाउँपालिका पनि रेसुङ्गा क्षेत्रसँग जोडिएको गाउँपालिका पर्दछ ।


यस अघि कात्तिक १८ गते जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीले पनि बिदा दिने निर्णय गरेको थियो । मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरि नेपाल ग्रमण वर्षमा धेरै पर्यटकको आगमन गराउने उदेश्यले दुइवटा स्थानिय तहले रेसुङ्गा क्षेत्रमा लाग्ने मेलालाई प्रथामिकता दिएका छन् । नगरपालिका र गाउँपालिकाले सार्बजनिक बिदा दिने सुचना जारी गर्दै रेसुङ्गामा लाग्ने मेलामा सरिक हुन् समेत आग्रह गरेका छन् ।

रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेस गरेको छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् ।


यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D