gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीदरबारको समीक्षा, सुशासन र कार्यसम्पादनदेखि विकास निर्माणसम्म

गुल्मी, २९ पुस
गुल्मी दरवार गाउँपालिकाले प्रथम चौमासिक समिक्षा गरेको छ । चार महिनामा गाउँपालिकाले गरेका सेवा प्रबाह, सुशासनदेखि विकास निर्माणको कामको समिक्षा गरिएको हो । कामलाई व्यवस्थित गर्न प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले शाखाका प्रमुखसंग कार्य सम्पादन करार सम्झौता गरेका छन् । जसका कारण उदेश्य अनुसारका योजनाको परिणाम पछ्याउन सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

यो कामले कर्मचारी स्वयलाई पनि थप जिम्मेवार, जवाफदेहि र पारदर्शी बन्न सहयोग पुगेको छ । कामसंगै कर्मचारीहरुको मासिक र चौमासिक मुल्यांकन गरेर पुरस्कृत गर्ने काम गुल्मी दरवारले निरन्तर गरिरहेको छ । जसका कारण कर्मचारीलाई प्रतिस्प्रर्धी बनाउने काम भएको छ । त्यस्तै गाउँपालिका कार्यालय, वडा कार्यालय र बिषयगत शाखाहरुका कामहरुलाई प्रविधीमैत्री बनाइएको छ । अनलाइन प्रणालीबाट राजस्व तिर्ने व्यवस्था मिलाइएको छ ।

टोलटोलमा पुगेर उपभोक्ताहरुलाई योजनाको बारेमा सचेत बनाउने काम गुल्मी दरवार गाउँपालिकाले गरिरहेको छ । त्यस्तै गाउँपालिकाले सबै विद्यालयको कक्षा १ मा ‘हाम्रो गुल्मीदरबार’ नामक पाठ्यपुस्तक उपलब्ध गराइएको छ । सेवा प्रवाहको सम्बन्धमा मासिक रुपमा कार्यालयका कर्मचारीको बैठक बस्दै आएको छ । गाउँपालिकाका सबै माध्यमिक बिद्यालयमा शौचालय, सेनेटरी प्याड र स्वच्छ खानेपानीको व्यवस्थाका लागि काम भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत नारायण अर्यालले बताए ।

गाउँपालिकाका १५ शैयाको अस्पताल पनि निर्माण भइरहेको छ । भने सडक विस्तारलाई कम प्राथामिकता दिई सडकको मर्मत र स्तरोन्नतीको काम तिव्रं रुपमा भइरहेको छ । कृषि र पशुपालनको माध्यमबाट नागरिकको जीविकोपार्जनमा सहजीकरण गर्न गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालसँग सहकार्य कार्यक्रम अगाडी बढाएको गाउँपालिकाको कार्यबहाक अध्यक्ष मिना भण्डारीले बताइन् । उनले जनप्रतिनिधीको सोच र योजना अनुसार कर्मचारीको कार्यसम्पादन मिलेकाले गुल्मीदरवार उत्कृष्ट बन्न सकेको बताइन् । कार्यक्रममा विभिन्न बिषयगत शाखाका प्रमुख र वडाका सचिवहरुले आफुहरुले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D