gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको सिमीचौरमा प्रहरीद्धारा ८ कुन्टल गाँजा नष्ट

अनिल खत्री
१ कात्तिक, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । समुदाय–प्रहरी साझेदारी अवधारण अनुसार प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर स्थित बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरिक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ कुन्टर गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

पछिल्लो सयम यता लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान संचालन गरेको पन्तले बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले बताए ।

गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काउने प्रचलन रहेको छ । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।

जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् । औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D