gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीको सिमानामा होली खेल्दा ग्याङ फाईट: दुई जनाको मृत्यु, दर्जन बढी बेपत्ता

गुल्मी, चैत १६ । होली खेल्ने क्रममा ग्याङ फाईट हुँदा दुई जनाको मृत्यु भएको छ।

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनुका साथै १०-१२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई ठाउँका युवाबीच झडप हुँदा २ जनाको ज्यान गएको हो।

सो घटनामा निसीखोला गाउँपालिका – ७ राजकुतका अन्दाजी ३६ वर्षिय प्रकाश कुँवर र २९ वर्षिय दिपक दमाईको मृत्यु भएको निसिखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले सेतोपाटीलाई जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार दुई जनाको शव घटनास्थल नजिकै भिरमा भेटिएको थियो।

बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा विवाद हुँदा एक दर्जनभन्दा बढी सम्पर्कबिहिन रहेको वडा अध्यक्ष कुँवरले बताए।

दिउँसो चार बजेतिर घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कुँवरले बताए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D