Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको सदरमुकाममै छैन आईसोलेसन: लकडाउन बाहेक अरु तयारी खै त ? - Gulminews

गुल्मीको सदरमुकाममै छैन आईसोलेसन: लकडाउन बाहेक अरु तयारी खै त ?

सन्तोष महतारा
बैशाख, १८ गुल्मी । देशका अन्य भागमा जस्तै गुल्मीमा एक्कासी कोरोना संक्रमित बढे । सदरमुकाम सहित आसपासका क्षेत्र समेटिएको रेसुङ्गा नगरपालिकाले विद्यालय बन्द बाहेक अरु केही सोचेन । अन्यत्र निर्णय नहुँदै विद्यालय बन्द ग¥यो । त्यसपछि नगरपालिका चुपचाप बस्यो । पहाडी जिल्लामा सक्रिय संक्रमित २ सय पुगे लकडाउन गर्ने सरकारी नियम छ । तिव्र गतिमा संक्रमित बढेपछि शुक्रबार जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र गुल्मीको बैठक बस्यो । लकडाउन गर्ने वा नगर्नेमा राजनितिक जुहारी चल्यो । सत्तापक्ष एमालेले जेजे भएपनि लकडाउन गर्नुहुदैन भनेर निस्कियो । अरु सबैले लकडाउन गर्ने सल्लाह दिए । राजनितिक जुहारी चलेकोेले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सरकारी नियममा अडान रहिन् । अर्को दिन शनिबार संक्रमित २ सय पुगे । त्यसपछि आइतबारदेखि लागु हुनेगरी गुल्मी जिल्ला २५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भयो ।

जिल्लाका संक्रमित छुटफुट भेटिँदा विद्यालय बन्द गरेको रेसुङ्गा नगरपालिका त्यसपछिका तयारीमा चुपचाप बसेको छ । जिल्लाको सदरमुकाममा नै कोरोना संक्रमितलाई गम्भीर लक्षण देखिए राख्ने बेड छैन । पाल्पा, बुटवल र भैरहवा दौडाउनुको विकल्प छैन । जिल्लामा अहिले कोरोनाका संक्रमित परिक्षण गरिएका मध्ये प्राय सबैलाई भेटिने स्थिती आइसकेको छ । तर, जिल्लाको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिका र अन्य सरोकारवालाहरु लकडाउन बाहेक केही पनि तयारी नगरी चुपचाप बसेका छन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले गुल्मी अस्पतालले बेड राख्नुपर्ने प्रतिक्रिया दिए । “केन्द्रले कोरोना अस्पतालका लागि जिल्लाका सबै स्थानीय तहलाई रकम पठाएको छ ।” रेसुङ्गा नगरप्रमुख भुसालले भने, “हाम्रो स्थानीय तहलाई आउने रकम गुल्मी अस्पतालमा आएको छ ।” गुल्मी अस्पताल तम्घासमा कोरोना संक्रमित बिरामीका लागि मात्र ५ वेडको आइसोलेसन रहेको अस्पतालका प्रमुख डा.उत्तम पच्याले जानकारी दिए । गुल्मी अस्पतालमा कम्तीमा १५ देखी २० बेडको आसोलेसन आवश्यक रहेको उनले बताए । ५ बेडको आइसोलेसनले केही अर्थ नराख्ने उनले प्रतिक्रिया दिए ।

गुल्मी अस्पतालमा ५ बेडको मात्र आसोलेसन भएको जानकारी पाएपछि रेसुङ्गा नगरप्रमुख भुसालले नगरपालिकाले तत्काल कम्तीमा २५ बेडको आसोलेसन बनाउने बताएका छन् । सबै ब्यवस्था भइसकेकोले उपयुक्त ठाउँ पाउनसाथ आसोलेसन बनाउने प्रमुख भुसालले दाबी गरे । गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण ९ जनाको ज्यान गइसकको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D