गुल्मीको शान्तिपुरमा खोप ऐन र एइएफआई गोष्ठि

टोपलाल अर्याल
गुल्मी, ८ चैत्र । चन्द्रकोट गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय गुल्मीको सहजिकरणमा सुक्ष्म योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । खोप ऐन, खोप पश्च्यात हुने अबाञ्चित घटनाको व्यावस्था सम्बन्धि गोष्ठिको आयोजना गरिएको थियो ।

गाउँपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई जिल्ला खोप सुपरभाइजर श्याम पोख्रेलले सहजीकरण गरिरहेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिकामा मेरो बर्ष कार्यक्रम पनि संचालन भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले स्वाथ्य जस्तो संवेदनशिल कुरामा हामी सवै चनाखो बन्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्यमा गम्भिर समस्या आएपछि मात्रै पछुताउने हाम्रो प्रवृतिको अन्त्य गर्न मेरो बर्ष कार्यक्रमका ८ प्रतिबद्धता मात्रै पालना गरे पुग्ने बताए ।

त्यस्तै गाउँपालिका प्रमुख द्रोण बहादुर खबीले जनप्रतिनिधी समाजको बागडोर भएकाले आफु स्वस्थ र अनुशासित भएर अरुलाई पनि सिकाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका प्रमुख द्रोण बहादुर खत्री, सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश कुमार रायमाझी, स्वास्थ्य कार्यालय प्रमुख दिपक खनाल, मेरो बर्ष कार्यक्रम संयोजक पशुपति आचार्य, खोप सुपरभाइजर श्याम पोख्रेल र भेक्टर कन्टोल सुपरभाइजर कृष्ण भटराई लगायतको उपस्थिती रहेको थियो । मेरो बर्ष कार्यक्रम जिल्लाका हरेक स्थानीय तहमा संचालन हुने छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ