gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीको शन्तिपुर जाँदै गरेको ट्रक पहिरोले बगायो

अनिल खत्री
१३ साउनु गुल्मी । गुल्मीमा पहिरोले ट्रक बगाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर–७ खसिमारे भन्ने स्थानमा लु ६ ख ७७९२ नम्बरको ट्रक पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुटवलबाट समेन्ट, ग्यास, छर्ड र फेन्सि सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बखतमा माथीबाट झरेको पहिरोले बगाएर १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्रक बगाउदा समानहरु र गाडीमा समेत क्षती भएको छ ।

सोमबार साँझ हिलो बाटोमा अडकीएको ट्रक डोजरले तान्दा टोचन छिनेको र पछि माथि बाट पहिरो आई राति साढे बाह्रा बजे पहिरोले बगाएको थियो । पहिरोले ट्रक बगाएपनि मानवीय क्षती भने भएको छैन् ।

पहिरोले ६ घर बिस्थापित

अबिर वर्षासँगै गएको पहरोले गुल्मीमा ६ घर बिस्थापित भएका छन् । गएराती जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ बास्कोटमा गएराती देखि परिरहेको अबिरल बर्षा को कारण पहिरो जाँदा ६ घर परिवार बिस्थापित भएका हुन् ।

केही  गोठमामा क्षती  पनि पुगेको र घर नै जोखिममा रहेको स्थानिय रुपेश नेपालीले जानकारी दिए । अबिरल बर्षा नरोकिएकाले जोखिम बढे पछि ४ परिबारलाई तत्कालको लागि जनता बाल निकेतन माबि पिपलपाटामा बस्ने ब्यबस्थापन मिलाउने काम भैरहेकोे  जानकारी आएको छ ।

पहिरोले कुनै मानिय र पशुचौपायको क्षति नभए पनि धेरै मात्रमा भौतिक क्षति भएको छ । गए रातीदेखिको बर्षाले जिल्लाका बिभिन्न स्थानका ग्रामीण भेगका कच्ची सडकहरु जोखिम बनाएको छ । पानी पर्ने क्रम अझै केहि दिन रहने भएकोले सबै जना सर्तक रहन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D