gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीको विकट गाउँदेखि मन्त्रीको कुर्सी सम्म रामकुमारी झाँक्री, गुल्मेली मन्त्रीहरुको चाङमा थपियो अर्को नाम

काठमाडौं, असौज २२ । नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएसँगै झाँक्रीले पदभार घ्रहण गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा आएको तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्री नियुक्त गरेका हुन्।

को हुन् रामकुमारी झाँक्री ?

रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी महिला नेतृ हुन् । गुल्मी जिल्लाको तत्कालिन म्यालपोखरी गाबिस वार्ड नं १ (हाल मदाने गाउँपालिका वार्ड नं ४) मा जन्मिएकी झाँक्री प्रतिनिधिसभामा सांसद हुन् भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीकाे सचिव समेत हुन् । विंस २०३४ सालमा जन्मेकी झाँक्रीले २०४७ सालमा गुल्मीकै पुर्कोट दह स्थित पृथ्वी माध्यमिक विद्यालयकाे अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण थप चर्चामा आएकी थिइन् ।

मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी झाँक्री माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडाैवाट भएकाे हाे ।

धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको बन्धनमा बाँधिएकी झाँक्रीको एक छाेरा रहेका छन् । पछील्लो समय संघिय सरकारमा मन्त्री पद सम्हाल्ने गुल्मीका प्रभावशाली नेताहरुमा प्रदिप ज्ञवाली र गोकर्ण बिष्टसँगै रामकुमारी झाँक्रीको पनि नाम थपिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D