gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको रेसुङ्गा हिउँ खेल्नेको घुँईचो (फोटोहरु सहित)

जनक पन्थ
२२ माघ, गुल्मी । बिहिवार रातीबाट पानीसँगै गुल्मी जिल्लाको रेसुङ्गामा हिउँपरेसँगै स्थानिय हर्षित भएका छन् । शनिवार रेसुङ्गामा हिउँ सहितको फोटो खिच्न र खेल्नको लागि जानेहरुको घुइँचो लागेको छ ।

शनिवार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा बिहानैदेखि स्थानियहरु हिउँमा खेल्न र हेर्न जाने गरेका छन् । वर्षातसँगै जिल्लाको रेसुङ्गा सहित उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको हो । रेसुङ्गामा गत पुस १५ गते पनि हिमपात भएको थियो । तर यसपटक व्यापक हिमपात भएको थियो रेसुङ्गामा परेको हिउँमा फोटो खिच्न तथा अबलोकन गर्न बिहानैदेखि स्थानियहरु पुगेका हुन् ।

धेरैले समाजिक संजालमा रेसुङ्गाको हिउँ सहितका तस्विरहरु राख्दै खुसी साटेका छन् । रेसुङ्गामा पुगेर रमाउनेहरु सौभाग्ले हिउँ हेर्न र समाउन पाएको भन्दै खुसी ब्यक्त गरेका छन् । हिउँ हेर्न जानेहरुको लर्को देख्दा रेसुङ्गामा लाग्ने मेलामा भन्दापनि वढिनै स्थानियहरु पुगेका छन् ।

हिमपातले तम्घास बजारमा अत्याधिक चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपलह समेत घटेको छ । उच्च स्थानमा हिउपरेसँगै चिसो वढेको छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे,थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको सजलै देख्न सकिन्छ । उच्च ठाउँमा परेको हिमपातले नजिकैका वस्तीहरुमा धेरै चिसो बताएको स्थानियले बताएका छन् । वर्षातले कृषकहरुले लगाएका तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ ।

थप फोटोहरु: अनिता खत्रीको फेसबुक वालबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D