Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको रेसुङ्गामा ७ करोडको लागतमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्ने, नगरप्रमुख भुषालले गरे शिलान्यास - Gulminews

गुल्मीको रेसुङ्गामा ७ करोडको लागतमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्ने, नगरप्रमुख भुषालले गरे शिलान्यास

अनिल खत्री
गुल्मी, १६ कात्तिक । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो ।

पार्कको मंगलवार रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र रेसुङ्गा नगरपालिका साझेदारिमा पर्यटकीय पार्क बन्न लागेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेकोछ । पार्क निर्माण गर्नका लागि रु ७ करोडको लागत स्टेमेटमा ठेक्का गरिएको थियो ।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिला जेभि तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ । पार्कको रु ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाको लागतमा २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।

जंगल क्षेत्रमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षती नगरिकन काम अगाडी बढाइने भएको मरासिनीले बताए । पार्कको शिलान्यास गर्दै नगरप्रमुख भुसालले रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्यले गर्जुरामा पर्यटकीय पार्क बनाउन लागिएको बताए ।

उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । निर्माण व्यवसायीले ठेक्का रकम घटेर हालेको हुँ काम गर्दा गर्दै घाटा लाग्यो भनेर टार्न नपाइने बताए ।

पर्यटकीय पार्क तम्घास आउने मानिसका लागि आनन्द लिने स्थल बन्नेनगरप्रमुख भुसालको भनाई छ । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

पार्क भित्र भ्यु टावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पट, भलिवल र व्याडमिण्टन मैदान, बिचबिचमा पैदलमा मार्ग बाग्लुङबाट ल्याइएको ढुंगाबाट, शौचालय, टिकट काउन्टर, बिभिन्न जनावरमा आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग, निर्माण गरिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए ।

वन क्षेत्र रहेकाले कुनैपनि विवाद नभएमा तोकिएको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी चुरा भण्डारीले बताए । उनलेकाम सम्पन्न गर्न सबैको सहयोगको आबश्यकता रहेको बताए ।

सोहि स्थानमा दोश्रो चरणमा सुइमिङ्ग पुल र जनवार उद्धार पनि निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम तम्घास आउने पर्यटकलाई रेसुङ्गा सम्म लैजाने क्रममा बिचमा थप आकर्षक बढाउनको लागि गर्जुरा रेसुङ्गा पर्यटन पार्क बनाउन लागिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D