gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीको रेसुङ्गामा हिमपात, जिल्लामा चिसो ह्वात्तै बढ्यो

गुल्मी, पुष १४ । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ । बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालामा बस्दै आउनुभएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभएको छ ।

रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिनुभयो । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बताउनुभयो । पन्थीका अनुसार महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उहाँले हिउले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।

सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ । हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ । हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो । चिसोबाट छल्नका लागि तातो खानेकुरा खाने, न्यानो कपडा लगाउने जस्ता कुराहरुमा ध्यान पुर्याउन स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ । – रेडियो रेसुङ्गाबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D