gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीको रेसुङ्गाको शिरमा पौवा

अनिल खत्री
१९ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकहरुलाई मध्यनजर राखेर सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । देशका बिभिन्न ठाउँबाट धार्मिक एबम् पर्यटकीय क्षेत्रमा पुग्नेहरुका लागि मध्य नजर राखेर रेसुङ्गाको शिरमा होटल पौवा प्रालिले सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्न अपेक्षा गरिएको छ । अब रेसुङ्गा क्षेत्रमा पुग्ने जो कोहि रेसुङ्गामै वास बस्न र यहाँको सुन्दरतासँग रमाउन पाउने भएका छन् ।

रेसुङ्गामा करिव १० करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनको लागि पौवा होटललाई रेसुङ्गा नगरपालिकाले अनुमति प्रदान गरिएको थियो । ०७६ कात्तिकबाट निर्माण सुरु गरी ०७७ असोजबाट संचालन गर्ने गरी रेसुङ्गा नगरपालिका र पौवा होटलबीच सम्झौता भएको थियो ।

यसले रेसुङ्गा पोखरी क्षेत्र नजिकै ३० रोपनी क्षेत्रफलको जग्गामा उपभोग गर्न पाउने छ । पौवा होटेलले २५ वर्षका लागि रिसोर्ट सञ्चालन गर्न पाउने सम्झौता अनुसार शुभारम्भमा अहिले करिब दुई करोड लगानी गरिएको छ ।

यसमा १० करोड भन्दा बढी लगानी गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । यसबाट पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने भण्डारीले विश्वास व्यक्त गरे ।

पौवाले रिसोर्ट निर्माण अवधिको पहिलो चार वर्ष नगरपालिकालाई भाडा बुझाउनुपर्ने छैन् । त्यसपछि पाँच वर्षका लागि प्रति वर्ष ५० हजार, त्यसपछिका पाँच वर्षका लागि ७५ हजार र त्यसपछिको १० वर्षको लागि एक लाखका दरले भाडा बुझाउने सम्झौतमा उल्लेख गरिएको छ ।

रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पौवा रिसोटले महत्वपूर्ण भुमिका निभाउने जानकारी दिईएको छ । रेसुङ्गा,पाल्पा ,वुटवल,भैरहवा,गोरुसिङ्गे,भालुवाङ,लमही ,जुम्लावाट सेवा दिदै आएको पौवाले देशभरवाट आफ्नो सेवा दिने लक्ष्य रहेको पौवा रिसोर्ट सञ्चालक धुर्व न्यौपानेले जानकारी दिए ।

अयोध्याका श्रद्धालु भक्तजनलाई रेसुङगा ल्याउनुका साथै रेसुङगाको पर्यटकीय क्षेत्रलाई लक्षित गरि पौवा रिसोट रेसुङ्गामा ल्याईएको न्यौपानेले बताए । तम्घास आएका पर्यटकलाई रेसुङा पुगौ भन्ने र आउन चाहाना भएमा सेवा समेत दिने उनको भनाई छ ।

निकट भविष्यमै योगा, मेडिटेशनको व्यवस्था समेत मिलाउने जानकारी दिए । साहित्य अनुरागीहरुलाई मध्यनजर गर्दै साहित्यक रचनाका लागि पौवा रिसोर्टमा आमन्त्रित गर्ने योजना बनाएका बताए ।

रेसुङ्गावाट आफ्नो सेवा सुभाम्भ गरेको पौवा रिसोटले कात्तिक २२,२३ र २४ गते स्थानीय परिकार खुवाउने समेत तयारी रहेको छ । रेसुङ्गा जाने आन्तरिक तथा बह्य पर्यटकको लागी सुबिधा सम्पन्न रिपोर्टको खाँचो थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D