गुल्मी, जेठ २ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा माओबादीकी मिनादेवी ज्ञवाली बिजयी भकेआ छन् ।
गाँउपालिका अध्यक्षमा गठबन्दका साझा उम्मेदवार नेकपा माओवादीका केन्द्रका ज्ञवालीले ५ हजार १८७ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमाल कुमार श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका थिए । ज्ञवालीले श्रेष्ठले भन्दा १ हजार २७७ बढी मत प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।
त्यस्तै गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मिनादेवी गौतमले ५ हजार ४५१ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दुर्गा ज्ञवालीले जम्मा ४ हजार ६४६ मत प्राप्त गरेका छन् । गौतमले ज्ञवालीले भन्दा ८०५ मत धैेरै प्राप्त गरेका थिए ।