गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

रासस
तम्घास, २७ असार । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले बताए ।

वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

साभार : बुटवल अनलाइन

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D