gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको रिमुवामा नेकपाका सिञ्जाली विजयी

हुमाकान्त पाेखरेल
गुल्मी, १४ मंसिर । गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नम्बर ६ रिमुवामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७५ मत अन्तरले जित हासिल गरेकाे छ । शनिबार सम्पन्न उप निर्वाचनमा नेकपाका तर्फबाट उम्मेद्बारी दिएका गिरी प्रसाद सिञ्जाली ८०२ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले कुल ७२७ मत प्राप्त गरे ।

रिमुवामा कुल २०४८ मतदाता रहेका थिए । जसमध्ये एक हजार ५४४ मत खसेकाे थियाे । खसेकाे मतमध्ये स्वतन्त्र उम्मेदवार मीन बहादुर दर्लामीले १ मत प्राप्त गरे भने १४ मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएको छ । २०७४ सालकाे असारमा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित पूर्ण बहादुर रेगामीकाे निधन भएपछि रिमुवामा उपचुनाव भएकाे हाे ।

निर्वाचित वडाध्यक्ष सिञ्जाली २०७४ सालकाे निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । उनलेे वडासदस्य पदबाट राजिनामा दिई वडाध्यक्षकाे उम्मेद्बारी दिएका थिए । काङ्ग्रेसबाट उम्मेद्बारी दिएका रेगामीले भने तेस्रो पटक हार बेहाेरेका छन् । ६९ बर्षिय रेगामी २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन रिमुवा गाविस अध्यक्ष र ०७४ सालमा रूरूक्षेत्र गाँउपालिका ६ रिमुवामा वडाध्यक्ष पदकाे निर्वाचनमा हार बेहाेरेका थिए ।

०५४ मा ८६, ०७४ मा ९ तथा ०७६ काे उप निर्वाचनमा ७५ मतले रेगामी पछाडि परेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D